राजनीति

भक्तपुरमा कांग्रेसका भँडेलको अग्रता कायमै

By खबरहब

December 01, 2019

भक्तपुर- भक्तपुर क्षेत्र नम्बर १ (क)को प्रदेशसभा सदस्यको निर्वाचनमा नेपाली कांग्रेसको अग्रता कायमै छ।

कांग्रेसका उम्मेदवार कृष्णलाल भँडेल २ हजार ४३६ मतले अघि छन्। आज बिहान ८ बजेसम्मको मतगणनाअनुसार भँडेलले १० हजार ३९५ मत प्राप्त गरेका छन्।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का देवीप्रसाद (डिपी) ढकालले ७ हजार ९५९ मत प्राप्त गरेका छन्। त्यसैगरी नेपाल मजदुर किसान पार्टी(नेमकिपा) का निरज लवजूले २ हजार २४७ मत प्राप्त गरेका छन्।

अहिलेसम्म चाँगुनारायण नगरपालिका वडा नम्बर १ देखि ७ सम्म मत गणना गरिएको जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी भिमबहादुर बिसीले जानकारी दिए।

गएराति ११०० बजे शुरु भएको मतगणनाको अन्तिम परिणाम आज बिहान १००० बजेसम्म आउने गरी मतगणना भइरहेको छ ।