खेलकुद

कोपा अमेरिकामा मेस्सीलाई ब्राजिलको डर

By खबरहब

July 01, 2019

काठमाडौं– विश्व चर्चित खेलाडी लियोनल मेस्सी यतिबेला ब्राजिलमा जारी कोपा अमेरिका फुटबलमा व्यस्त छन् ।

अर्जेन्टिनको नेतृत्व गरिरहेको मेस्सीका लागि कोपा अमेरिका निकै चुनौती र अवसरले भरिएको प्रतियोगिता हो । चुनौती यो मानेमा कि उनीसँग अर्जेन्टिनालाई कोपा अमेरिका जिताउने दबाब छ भने अवसर यो मानेमा उनीसँग विश्वका स्टार खेलाडी छन् ।

मेस्सीको योजना अनुसार खेल भए उनीहरुकै साथ र सहकार्यले उनलाई कोपाको उपाधि उचाल्न सघाउनेछ । सेमिफाइनल प्रवेश गरिसकेको अर्जेन्टिना पहिलो सेमिफाइनलमा बुधबार घरेलु टोली ब्राजिलसँग खेल्दैछ ।

अर्जेन्टिनाविरुद्धको खेलमा समूह चरणमा बलियो बन्दै सेमिफाइनल पुगेको ब्राजिल चुनौती बन्न सक्ने फुटबल विश्लेषक बताउँछन् । त्यसोत मेस्सीले जारी कोपामा ‘इन्जोए’ गर्न नसकेको पनि बताइन्छ । उनले ब्राजिलमा मैदानहरुको खुलेर आलोचना गरेका छन् । उनले आफूले खेलेका कुनै पनि मैदान राम्रो नभएको बताउँदै आएका छन् ।

ब्राजिल र अर्जेन्टिनाको खेल हेर्न विश्वभरका फुटबल दर्शक आतुर छन् । किनकी उनीहरु दुईमध्ये एक टोली बुधबार घर फर्किनेछ । उपाधी दाबेदार टोलीका रुपमा हेरिएका यी दुई टोली नै सेमिफाइनलमा भिड्ने भएपछि कोपामा जुन ‘चाम’ रहनु पर्ने त्यो नरहने पनि कतिपयले बताउँदै आएका छन् ।

मेस्सीले जारी कोपामा मात्रै एक गोल गर्न सकेका छन् । त्यो पनि पेनाल्टीमार्फत । त्यसैले पनि मेस्सी यो प्रतियोगितामा राम्रो गर्न नसकेको स्वीकारी सकेका छन् ।  तर, पूर्व ब्राजिलीयन फुटबलर रिभाल्डोले मेस्सी भएपछि टिमलाई दबाब नरहने बताउँछन् । ‘जब तपाईसँग मेस्सी छन् । त्यहाँ कुनै समास्या छैन,’ रिभाल्डाले भने ।

यस्तै उनले मेस्सीले ब्राजिलविरुद्ध खेल्दा कस्तो भूमिका खेल्नुपर्छ भन्ने बारे जानकार रहेको बताएका छन् । मेस्सीका बार्सिलोना टिम मेट फिलिपे कौटिन्होले पनि आफूले पाएको अवसरलाई गोलमा परिणत गर्न सक्ने भएकाले मेस्सीका लागि उनी पनि चुनौती हुनसक्ने रिभाल्डोल बताएका छन् ।

स्टार खेलाडी नेयमार चोटग्रस्त भएपछि नेयमार विन नै कोपा खेलिरहेको ब्राजिल अर्जेन्टिनालाई रोक्दै फाइनल पुग्ने लक्ष्यमा रहेको छ । यता मेस्सीले भने नकआउट चरणका खेललाई नयाँ स्टेजका रुपमा व्याख्या गरेका छन् ।