अन्य

पुनर्गठन भएको कुस्ती संघको अध्यक्षमा अन्सारी

By खबरहब

July 01, 2019

काठमाडौं- राष्ट्रिय खेलकुद परिषद (राखेप) ले नेपाल कुस्ती संघको पुनर्गठन गरेको छ । अस्तित्वमा रहेका दुई कमिटीलाई भंग गरी राखेपले संघलाई पुनर्गठन गरेको हो ।

पुनर्गठन भएको नेपाल कुस्ती संघको अध्यक्ष जिम्मेवारी राज माहेम्मद मिया अन्सारीले पाएका छन् ।

१६ सदस्यीय संघको वरिष्ठ उपाध्यक्षमा समिम मिया अन्सारी, उपाध्यक्षमा राम गौचन ठाकुर, मनोहर राईमाझी र बसन्त भण्डारी छन् ।

संघको महासचिवमा रिता कोईराला, सचिवमा साहिल अन्सारी, कोषाध्यक्ष जफरुल्ला मिया मन्सुरी छन् ।

यस्तै सदस्यमा ललनप्रसाद यादव, जिनत अन्सारी, डा. पर्मचन्द्र सेन, सानु लामा, निसार अहमद खान, जुनेद इद्रिसी, सलामत राइन, नन्दलाल यादब रहेका छन् ।

राखेपले असार ९ गते गरेको निर्णयबाट संघ पुनर्गठन गरिएको हो ।