रोचक/विचित्र संसार

जापानी युवतीको निशुल्क मेकअप सेवा

By खबरहब

August 01, 2019

काठमाडौं– केही दिन यता एउटा जापानी युवतीले नेपालीहरुलाई निशुल्क मेकअप सेवा दिइरहेकी छिन् ।

ती जापानी युवती हुन्– २२ वर्षीया यरिका शिवायामा । उनली पोखराका विभिन्न ठाउँमा सेवाग्राहीलाई निशुल्क मेकअप गरिदिन्छिन् । सँगै एउटा बोर्ड राखेकी हुन्छिन् जहाँ लेखिएको हुन्छ– ‘जापानको निशुल्क मेकअप’ ।

केही मेकअपका सामानहरु पनि हुन्छन् त्यहाँ । उनले आफूसँग भएका ती मेकअपका सामानले निशुल्क रुपमा सेवा दिन्छिन् । उको काम देखेर प्रशंसा गर्नेहरु पनि छन् ।

नेपाली अक्षरमा निशुल्क मेकअप लेखिएको बोर्ड देखेपछि त्यहाँ मेकअप गराउनेको लाइन नै लाग्न गरेको छ ।

पोखरा महानगरमा आएका सेवाग्राहीलाई निःशुल्क मेकअप गर्दै जापानी सौन्दर्यकर्मी २२ वर्षीया युरिका शिवायामा ।

मंगलबार पोखरा महानगरपालिकाको मूल ढोकामा एक जापानी महिला मेकअपका सामानसहित चिटिक्क परेर बसेकी थिइन् । उनका वरिपरि अन्य सौन्दर्यकलाका विद्यार्थीहरु पनि थिए ।

सबै व्यस्त थिए, महानगर आएका सेवाग्राही महिलाको हातमा मेहन्दी र अनुहारमा मेकअप गरिरहेका थिए । सेवाग्राही महिलाको हातमा नेलपोलिस, आइस्याडो, लिपिस्टिक लगाउने तरिकाबारे जापानी युवतीले बताइरहेकी थिइन् । सहजकर्ताका रूपमा रहेका थिए, केही नेपाली बोल्न जान्ने जापानी योहासिमतो ।

महानगरका उपप्रमुख मञ्जु गुरुङले भने जाइकामा कार्यरत जापानी सौन्दर्यकर्मीले सौन्दर्यकलाका बारेमा जानकारी दिने उद्देश्यले पोखरा महानगरमा पनि ठाउँ मागेकाले उपलब्ध गराएको बताइन् ।

“खासै विशेष कार्यक्रम केही होइन, एक जापानी सौन्दयकर्मी युवतीले सामान्यतः मेकअप कसरी गर्ने र यसले महिलाको सौन्दर्य र आत्मविश्वासमा कस्तो प्रभाव पार्छ भनेर सिकाउनका लागि ठाउँ मागेपछि हामीले उपलब्ध गराएका हौँ ।” यसले महिलालाई मेकअपका बारेमा जानकारी दिन सहयोग पुर्‍याएको  उनले बताइन् ।

जाइकाबाट पोखरामा महानगरपालिकाको महिला शाखामा कार्यरत जापानी युवक योहासिमातोको सहयोगमा ती जापानी युवती महानगर परिसरमा आएको उपप्रमुख गुरुङले जानकारी दिइन् । ती युवतीले पोखराको अन्य वडामा समेत निःशुल्क मेकअप सेवा प्रदान गर्दै आएकी छिन् ।