प्रवास

कांग्रेस नेता कोइराला डेनमार्क भ्रमणमा, पूर्वमन्त्री उफेसँग भेटवार्ता

By खबरहब

August 01, 2019

कोपनहेगन- डेनमार्क भ्रमणमा रहेका नेपाली कांग्रेस नेता शेखर कोइरालाले ‘द अल्टरनेटिभ पार्टी डेनमार्कका संस्थापक अध्यक्ष एवं पुर्वमन्त्री उफे एलबेकसँग भेटवार्ता गरेका छन् ।

कोपनहेगनस्थित संसद भवनमा भएको भेटवार्तामा नेपालको पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा कुराकानी भएको थियो । डेढ घण्टाभन्दा लामो छलफलका क्रममा जलवायु परिवर्तन यसले नेपाल जस्ता अल्पविकसित र विकसित राष्ट्रमा पुर्‍याएको असर लगायका विषयमा कुराकानी भएको थियो ।

भेटका क्रममा उफ‍ेले नेपालमा विकसित राजनीतिक घटनाक्रम तथा विकासका क्षेत्रमा नेपालले गरेको प्रगति लगायतका विषयमा जिज्ञासा राखेका थिए ।

भेटमा नेता कोइरालाले पूर्वमन्त्री उफेलाई उपहार स्वरुप नेपाललाई विश्वमा चिनाउने सगरमाथाको तस्वीर प्रदान गरेका थिए ।