अन्य

उदितनारायणलाई ज्यान मार्ने धम्की आएपछि…

By खबरहब

August 01, 2019

काठमाडौं– चर्चित गायक उदितनारायण झालाई लक्ष्मण नामका एक अपरिचित व्यक्तिले ज्यान मार्ने धम्की दिँदै फोन गरेपछि गायक झाले प्रहरी गुहारेका छन् ।

एक महिनादेखि निरन्तर ज्यान मार्ने धम्की आएपछि गायक झाले सुरक्षाको माग गर्दै मुम्बईको अम्बोली प्रहरी विटमा उजुरी दिएका हुन् । उनको घरको सुरक्षाका लागि प्रहरी परिचालन गरिएको छ ।

बिहारका ति व्यक्तिले गायक झालाई कुनै बार्गेनिङ नगरी सिधै ज्यान मार्ने धम्की दिएको भारतीय प्रहरीले जनाएको छ । धम्की दिनेले गायक झाको रेकी गरेका कारण पनि सुरक्षा दिइएको हो । प्रहरीले धम्की दिनेको खोजीका लागि बिहारमा प्रहरी परिचालन गरेको छ ।

गायक झा मुम्बइको अन्धेरी वेस्टमा बस्छन् । अम्बोली प्रहरी चौकीका सिनियर इन्स्पेक्टरले उदितको उजुरी दर्ता गरेर थप अनुसन्धान जारी रहेको बताएका छन् ।