रोचक/विचित्र संसार

६ तला माथिबाट खसे ३ वर्षका बालक तर केही भएन (भिडियोसहित)

By खबरहब

August 01, 2019

चीनको चोन्किङमा तीन वर्षीय एक बालक एउटा भवनको छैटौं तलाबाट खसेको भिडियो यतिबेला सामाजिक सञ्जालहरुमा भाइरल बनेको छ ।  छैटौं तलाबाट खसेपनि उनलाई केही भएन ।

प्रहरीका अनुसार घटना हुँदा उनी घरमा एक्लै थिए ।

एक जना प्रत्यक्षदर्शी महिला जु यानहुईले भनिन्,‘मैले एउटा बच्चा त्यहाँ माथि झुण्डिएको देखें । पहिला मलाई समाउन मिल्ने सामान खोज्नुपर्छ भन्ने लाग्यो । म खाली हातले उनलाई समाउन सक्दिनथें ।’

भवनमा बस्ने मानिस र कर्मचारीले ती बालकलाई एउटा ठूलो कम्बलमा थापे ।

सबै मानिसले माथिबाट खस्दै गरेको बच्चालाई हेर्दै कम्बललाई समाते । उनी माथिबाट खसे । र कम्बलमा परे ।

त्यसपछि एकजना छिमेकीले बच्चालाई अस्पताल लगे । ती तीनवर्षे बालकलाई कुनै चोटपटक भने लागेन ।