औषधी/उपचार

सुमेरु अस्पतालले शुरु गर्‍यो मिर्गौला प्रत्यारोपण

By खबरहब

August 01, 2019

काठमाडौं– सुमेरु अस्पतालमा मिर्गौलाको सफल प्रत्यारोपण भएको छ । मिर्गौला रोग विशेषज्ञ डा ऋषि काफ्लेको नेतृत्वमा अस्पतालले २ जना व्यक्तिको मिर्गौला प्रत्यारोपण गरेको हो ।

मिर्गौला रोगका बिरामीलाई डायलाइसिस सेवा दिँदै आएको सुमेरु अस्पतालले पहिलोपटक मिर्गौला प्रत्यारोपण गरेको हो । मिर्गौला प्रत्यारोपण गरेका दुवै व्यक्तिको प्रत्यारोपण खर्च नि:शुल्क गरेको अस्पतालले जनाएको छ ।