आर्थिक

राष्ट्रिय पूँजी निर्माणमा केन्द्रित हुन निजी क्षेत्रलाई अर्थमन्त्रीको आह्वान

By खबरहब

August 01, 2019

काठमाडौं– अर्थमन्त्री डा. युवराज खतिवडाले राष्ट्रिय पूँजी निर्माणमा केन्द्रित हुन निजी क्षेत्रलाई आह्वान गरेका छन् ।

अर्थमन्त्री खतिवडाले राष्ट्रिय पूँजी निर्माणका लागि उद्योग विस्तार गर्नेगरी सरकारले भन्सार सम्बन्धि नीति ल्याएको दावी गर्दै त्यसले उपलब्ध गराएको सुविधाको सदुपयोग गरेर अघि बढन पनि निजी क्षेत्रको ध्यानाकर्षण गराए ।

बिहीबारबाट काठमाडौंमा सुरु भएको ‘भन्सार व्यवस्थापन’ सम्बन्धि गोष्ठीको उद्घाटन गर्दै मन्त्री खतिवडाले उद्योग विस्तारका लागि आयात गर्ने बस्तुहरुको करमा छुट दिन सरकार प्रतिवद्ध रहेको पनि स्पष्ट पारे ।

अर्थमन्त्री खतिवडाले राष्ट्रिय उद्योगको संरक्षणका लागि सरकारले कर छुटसम्बन्धि थुप्रै नीति लिएको उल्लेख गर्दै त्यसको उपयोग गरेर अघि बढन पनि निजी क्षेत्रका उद्योगी, व्यवसायीहरुलाई आग्रह गरे ।

उनले मुलुकमा औद्योगिक क्षेत्रको विस्तारका लागि सरकारले भन्सार प्रणालीमा पनि सुधारको प्रयासलाई उच्च प्राथमिकता दिएको बताए ।