आर्थिक

अभिकर्ताले एउटै मात्र बीमा कम्पनीमा काम गर्नुपर्ने

By खबरहब

August 01, 2019

काठमाडौं– बीमा क्षेत्रमा एजेन्टका रुपमा काम गर्दै आएका अभिकर्ताले एउटा कम्पनीमा मात्रै अभिकर्ताको काम गर्न व्यवस्था लागू हुने भएको छ ।

बीमा समितिले विगतमा जति वटा पनि बीमा कम्पनीमा काम गर्ने व्यवस्था हटाउने भएको छ । बीमा विद्येयकमा एउटा मात्रै कम्पनीमा काम गर्न पाउने व्यवस्था भएका कारण अब अभिकर्ताले सोही अनुसार काम गर्नुपर्ने भएको हो ।

विधेयकको दफा ९३ को उपदफा ५ मा बीमा अभिकर्ताको इजाजत पत्र दिँदा समान किसिमको एउटा मात्र बीमाकको बीमा अभिकर्ताको ईजाजतपत्र वितरण गर्दै आएको छ ।

अभिकर्ताहरुले धेरै कम्पनीमा कमिशनको लोभमा काम गदै आएका छन् । देश भर करिब १० हजार बिमाका एजेन्ट रहेको समितिले जनाएको छ ।