रोजगार

‘अधिवक्ता लाइसेन्स’को फारम खुल्यो (विज्ञापन सहित)

By खबरहब

September 01, 2019

काठमाडौं– नेपाल कानून व्यवसायी परिषद्ले २७औं विशेष अधिवक्ता तहको लिखित परीक्षाको लागि फारम खुलाएको छ ।

परिषद्ले आज सूचना निकाली भोलि (सोमबार) देखि भाद्र ३० गतेसम्म फारम बुझाउन सकिने समयसीमा तोकेको छ ।

फारम भर्नको लागि दरखास्त फारमको लागि दुई सय रुपैयाँ र परीक्षा दस्तुरबापत दुई हजार पाँच सय रुपैयाँ लाग्ने परिषद्को सूचनामा उल्लेख छ ।