क्रिकेट

जिम्बावेविरूद्धको जारी खेलमा सन्दीपले लिए २ विकेट

By खबरहब

October 01, 2019

काठमाडौं- सिंगापुरमा त्रिकोणात्मक सिरिज अन्तर्गत नेपाल र जिम्बावेबीचको खेल जारी छ ।

सिंगापुरको इन्डियन एसोसियसन मैदानमा टस जितेर पहिले नेपालले बलिङ गरिरहेको छ । जारी खेलको शुरुवातमा नेपालले महत्वपूर्ण विकेट लिन सफल भएको छ ।

नेपालका लागि सन्दीप लामिछानेले जिम्बावेको खाता नखुल्दै पहिलो विकेट लिन सफल भए । जिम्बावेका ओपनर ब्रायन चारी खाता खोल्न नपाउँदै आउट भए । त्यसपछि जिम्बावेले ३० रन बनाउँदा नेपालले दोस्रो विकेट लिन सफल भएको हो ।

सोमपाल कामीले रेगिसलाई मात्र ६ रनमा आउट गराए । त्यसको लगत्तै नेपालले तेस्रो विकेट लिएको थियो । स्कोर ३८ रन हुँदा सन्दीपले ब्यक्तिगत दोस्रो तथा टिमका लागि तेस्रो विकेट लिन सफल भए । जिम्बावेका पिटर मोर १४ रनमा आउट भएका हुन् ।