समाचार

प्रियजनको विदाइमा टुँडिखेल स्तव्ध, रोकिएन् आँशु (फोटोसहित)

By खबरहब

March 01, 2019

काठमाडौं– हेलिकोप्टर दुर्घटनामा निधन भएका संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीसहित सात जनाको शव श्रद्धान्जलीका लागि टुँडिखेलमा राखिएको छ ।

शुक्रवार(आज) विहान ८ बाट श्रद्धान्जलीका लागि पार्थिव शरीर टुँडिखेलमा राखिएको हो ।

श्रद्धान्जली अर्पण गर्नका लागि राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी ओली मन्त्रीहरु, नेकपाका अध्यक्ष प्रचण्ड, परिवारका सदस्य, शुभचिन्तक, नेकपाका नेता कार्यकर्ताको बाक्लो उपस्थिति रहेको छ ।

आशा बोकेका युवा नेताको विदाइमा पुगेकाहरुका आँखामा आँशु छचल्किएको देख्न सकिन्छ ।

परिवारका सदस्यहरु पीडामा आफ्न्तसँग अंगालोमा बेरिएर रोइरहेका छन् ।