समाचार

‘प्लेनबाट उहाँले घर देखाउनुभएको दृष्य मानसपटलमा नाँचिरहेको छ’

By खबरहब

March 01, 2019

काठमाडौं- प्रतिनिधिसभा अन्तर्गतको संसदीय सुनुवाइ विशेष समितिका सभापति लक्ष्मणलाल कर्णले संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको निधनले आफूलाई स्तब्ध बनाएको बताएका छन् ।

टुँडिखेलमा स्वर्गीय अधिकारीसहित हेलिकोप्टर दुर्घटनामा परी ज्यान गुमाएका ७ जनाप्रति श्रद्धाञ्जली अर्पण गर्न पुगेका उनले विगतमा आफू अधिकारी धेरै नजिक बसेर काम गरेको सुनाए ।

भर्खरै पनि आफुले अधिकारीसँगै यात्रा गरेको सुनाउँदै कर्णले भने, ‘ उहाँसँग मैले लामो समय नजिक बसेर काम गरे । अस्ति भर्खर पत्रकार महासंघको सम्मेलनमा उहाँ र म सँगै प्लेनमा पोखरा गयौ र सँगै फर्कियौ पनि । त्यतिबेला उहाँले प्लेनबाटै त्यो डाडाको मेरो घर हो । छेउमा रहेको विद्यालय भन्दै देखाउनुभएको थियो ।’

नेता कर्णले अधिकारीसँग विगतमा गरेका काम अहिले मानसपटलमा नाँचिरहेको बताए । उनले भने, ‘आज पनि उहाँको तस्वीर हेर्दा प्लेनमा सँगै बसेको छु जस्तो लागिरहेको छ । उहाँ कठिन परिश्रमी हुनुहुन्थ्यो जसको कारणले आज पर्यटन क्षेत्रले ठुलो फड्को मारेको छ । उहाँप्रति हृदयदेखि ठुलो श्रन्द्धाजली छ ।’