समाचार

रवीन्द्र अधिकारीको शवयात्रा शुरु

By खबरहब

March 01, 2019

 

पोखरा– हेलिकप्टर दुर्घटनामा निधन भएका संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीको शव यात्रा शुरु भएको छ ।

पोखरास्थित प्रदर्शनीस्थलमा अन्तिम श्रद्धाञ्जलीपछि अधिकारीको शव यात्रा शुरु भएको हो ।

अधिकारीको पोखराको नयाँ बजार, महेन्द्रपुल, रानीपौवा, अस्पताल चोक, गीता मन्दिर हुँदै रामघाटमा पुगी राजकीय सम्मानका साथ अन्त्यष्टि हुने छ ।