मनोरञ्जन

फ्राइडे फिल्मस्: सुशील र आमिरको ‘बादशाह जुट’ रिलिज

By खबरहब

November 01, 2019

काठमाडौं – आज शुक्रबारदेखि नेपालका सिनेमा घरमा फिल्म ‘बादशाह जुट’ प्रदर्शन भएको छ । एक्सन कमेडी भनिएको यो फिल्मलाई जोनी सिंह रानाले निर्देशन गरेका हुन् ।

एक प्रहरी र एक सिकारू पत्रकारले आफ्नो जीवनमा बादशाह बन्न गरेको रोमान्टिक यात्रालाई फिल्ममा देख्न सकिन्छ । फिल्ममा सुशील श्रेष्ठ र आमिर गौतमको शीर्ष भूमिका छ । यस्तै फिल्ममा रोबिन तामाङ, रोशी खड्का, रश्मी पाण्डे लगायतका कलाकारको अभिनय रहेको छ ।

यसअघि फिल्मका गीत तथा ट्रेलरले राम्रै प्रतिक्रिया पाएका छन् । फिल्मलाई अभिषेक शशी कुमारले लेखेका हुन् भने हर्क बहादुर कुँवर र भोजराज श्रेष्ठले निर्माण गरेका हुन् ।