औषधी/उपचार

मन्त्री पुनको स्वास्थ्यमा सुधार

By खबरहब

March 01, 2019

काठमाडौं- ऊर्जा, जलस्रोत एवं सिँचाइ मन्त्री वर्षमान पुनको स्वास्थ्यमा सुधार आएको छ ।

बिहीबार अचानक अस्वस्थ भएपछि उपचारार्थ नर्भिक अस्पताल भर्ना भएका मन्त्री पुनको स्वास्थ्यमा सुधार आएको अस्पताल स्रोतले जनाएको हाे । अस्पतालका अनुसरा शनिबार बिहानसम्म घर फिर्ता पठाइने छ ।

उनको उपचारमा चिकित्सकहरु यादव भट्ट, मधु घिमिरे र युवराज शर्मा संलग्न छन् ।

मन्त्री पुन अस्पताल भर्ना भएपछि विहीबार राति प्रधानमन्त्री केपी शर्मा ओली लगायत मन्त्री तथा दलका नेताहरु अस्पताल पुगेर उनको स्वास्थ्यस्थितिबारे जानकारी लिएका थिए ।

यस्तै शुक्रबार पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराई लगायतका नेताहरु मन्त्री पुनको स्वास्थ्य अवस्था बुझ्न अस्पताल पुगेका थिए ।