खेलकुद

१३ औं साग– पुरुष फुटबलमा भुटानद्वार बंगलादेश पराजित

By खबरहब

December 02, 2019

काठमाडौं– १३ औं दक्षिण एीसयाली खेलकुद (साग) अन्तर्गत पुरुष फुटबलमा भुटानले बंगलादेशलाई पराजित गरेको छ ।

सोमबार भएको पहिलो खेलमा बंगलादेशलाई भुटानले १–० गोल अन्तरले पराजित गरेको हो ।

बंगलादेशभन्दा कमजोर मानिएको भुटानले पहिलो खेलमा बंगलादेशलाई गोलरहित बराबरीमा रोक्न सफल भएको थियो ।

दशरथ रंगशालामा भएको पहिलो खेलमा भुटानले खेलको ६४ औं मिनेटमा गोल गरेको थियो । भुटानका लागि कप्तान चेन्जोले गोल गरेका थिए ।