प्रेरक

समयको महत्व बुझौं, पल पलको समय खेर नफालौं – जर्ज वासिङ्गटन

By खबरहब

February 02, 2019

अमेरिकाका प्रथम राष्ट्रपति हुन् – जर्ज वासिङ्गटन । उनलाई समयको महत्व अत्यन्तै बुझ्ने मानिसको रूपमा विश्वभर उदाहरण स्वरूप प्रयोग गरिन्छ । उनलाई समयको मूल्य थाहा थियो ।

यसैले सदैव आफ्नो एक–एक पलको सदुपयोग गर्थे । एक पटक उनले कुनै अबसर पारेर आफ्ना केही केही साथीहरुलाई भोजनका निम्ति निमन्त्रणा गरका थिए । समय दिनको ३ बजेको थियो । संयोगवश पाहुनाहरू त्यो समयमा आएनन् तब उनले एक्लै खाना खान सुरू गरे ।

समय भन्दा केही ढीला गरेर पुगेका पाहुनाहरूलाई त्यो देखेपछि नराम्रो लाग्यो । जर्ज वाशिंगटनले भने– क्षमा गर्नुस् । खाना टेबलमा लगाउनु अगाडि मेरो भान्सेले यो सोध्दैन कि पाहुना आए या आएनन्, केवल यो सोध्छ समय भयो या भएन ? उनको यस्तो कुरा सुनेर पाहुना लज्जित भए ।