रोचक/विचित्र संसार

१४ घण्टासम्म लगातार सम्भोग !

By खबरहब

February 02, 2019

एउटा यस्तो जीव जुन जीवको शारीरिक सम्पर्क लगत्तै मृत्यु हुने गरेको छ । मर्स्युपाइल प्रजातिको त्यो जीव अस्ट्रेलियामा पाइन्छ ।

त्यहाँको दैनिक पत्रिकामा प्रकाशित रिपोर्टका अनुसार, वैज्ञानिकले त्यो जीवलाई लोपोन्मुख जीवको श्रेणीमा राख्ने निष्कर्षमा पुगेका छन् । सन् २०१३ मा पहिलोपटक यो प्रजातिका जीवको खोजी गरिएको थियो ।

कालो पुच्छर र फुस्रो रंगवाला शरीर भएको यो जीव सेक्समा एकदमै रुचि राख्ने गर्छ । सोही कारण यिनीहरुको ज्यान नै जाने गर्छ भने यसलाई वैज्ञानिकहरुले आत्महत्यासँग तुलना समेत गरेको बताइएको छ । यो प्रजातिमा दिनमा लगातार १४ घण्टासम्म सेक्स गर्ने क्षमता हुन्छ ।

वैज्ञानिकहरुका अनुसार लगातार सेक्सकै कारण यिनीहरुको शरीरबाट धेरै मात्रामा हर्मोन निस्किन्छ । सेक्सको लागि यिनीहरु आफूलाई रोक्न नै सक्दैनन् । यसैले गर्दा यिनीहरुको ज्यान नै जाने गर्छ ।