खेलकुद

बार्सिलोनासँग लिभरपुल पराजित, मेस्सीले हाने ६ सयौं गोल

By खबरहब

May 02, 2019

काठमाडौं- स्पेनिस महारथी बार्सिलोनाले इंग्लिस क्लव लिभरपुलमाथि शानदार जित निकालेको छ।

च्याम्पियन्स लिग अन्तर्गत घरेलु मैदान क्याम्प नाउमा बुधबार राति भएको खेलमा स्पेनिस जाईन्ट बार्सिलोनाले सेमिफाइनलको पहिलो लेगमा लिभरपुलमाथि ३-० को शानदार जित निकालेको हो ।

बार्साको जितमा मेस्सी नायक बने । उनले उत्कृष्ट लयमा रहेको इंग्लिस क्लव लिभरपुलमाथि २ गोल गरे । खेलको पहिलो हाफको २६ औं  मिनेटमा वार्सिलोनाका लागि लुइस स्वारेजले गोल गरेका थिए ।

अत्यन्तै रोमाञ्चक खेलको दोस्रो हाफको ७५ औं मिनेमा मेस्सीले पहिलो गोल गरेका थिए । खेलको ८२ औं मिनेटमा प्राप्त फ्रि किकमा उत्कृष्ठ गोल गर्दै मेस्सीले क्याटलानलाई तीन शून्यको जित दिलाए । मेस्सीले बार्सिलोनाबाट सबैखाले खेलमा गरेको गोल संख्या ६०० पुगेको छ ।

अब दोस्रो लेग लिभरपुलको घरेलु मैदानमा हुनेछ जहा उसले वार्सामाथि जित निकाल्न ४ गोल गर्नुपर्ने छ ।