समाचार

युवतीका विषयमा जन्ती र घरगाउँलेबीच कुटाकुट, एक जनाको मृत्यु

By खबरहब

May 02, 2019

गारखा– गोरखामा युवती जिस्काएको निहुँमा विवाहमा आएका जन्ती र बेहुली पक्षबीच झगडा हुँदा एकजनाको मृत्यु भएको छ ।

लमजुङको राइनस नगरपालिका–४, अल्कटारबाट आएका जन्ती र गोरखा पालुङटार नगरपालिका–४ कुमाल गाउँका बेहुली पक्षबीच युवती जिस्काएको विषयमा विवाद हुँदा कुटाकुट भएको हो ।

बेहुली पक्षाकाले कुटपिट गर्दा घाइते भएका जन्ती पक्षका ३४ वर्षीय विष्णुबहादुर कुमालको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । पोखराको गण्डकी मेडिकल कलेजमा उपचारका क्रममा कुमालको मृत्यु भएको हो ।

बेहुली लिएर फर्कंदै गर्दा १७–१८ जना युवाको समूहले जन्ती बोकेको गाडीलाई बीच बाटोमै रोकेर कुटपिट गरेको प्रहरीले जनाएको छ ।

घटनामा संलग्नको खोजी भइरहेको र शंका लागेका केहीलाई पक्राउ गरिएको प्रहरीले बताएको छ ।