सशस्त्र

सशस्त्र प्रहरीले सिकायो ग्यास सिलिण्डरमा आगो लागे निभाउने तरिका

By खबरहब

May 02, 2019

सुर्खेत– सशस्त्र प्रहरीले ग्यास सिलिण्डरमा आगलागी हुँदा निभाउने तरिका सिकाएको छ ।

सशस्त्र प्रहरी बल महेश्वरी बाहिनी सुर्खेतले सुर्खेतका स्थानीयलाई ग्यास सिलिण्डरमा हुने आगलागीलाई नियन्त्रण गरी क्षति कम गर्ने उपाय सिकाएको हो ।

त्यसक्रममा शसस्त्रले प्रयोग गरेर समेत ग्यास सिलिण्डलमा आगलागी भए कसरी नियन्त्रणमा लिने भनि सिकाएको थियो । उक्त उपयलाई स्थानीयले निकै चासोका साथ हेरेका थिए ।

ग्यास सिलिण्डरमा आगलागी हुँदा बाल्टीले ढाकेर वा कपडाले छोपेर निभाउने तरिका शसस्त्रले प्रदर्शन गरेको थियो ।