खेलकुद

विश्वकप छनौटअन्तर्गत नेपाल र अस्ट्रेलियाबीचको खेल जीआईओ स्टेडियममा हुने

By खबरहब

August 02, 2019

काठमाडौं– फिफा विश्वकप छनोट अन्तर्गत अष्ट्रेलियासँगको ‘अवे’ खेल नेपालले अस्ट्रेलियाको क्यानबेरास्थित जीआईओ स्टेडियममा खेल्ने निश्चित भएको छ ।

अष्ट्रेलिया फुटबल फेडेरेसनले शुक्रबार नेपालसँगको घरेलु खेल राजधानी क्यानबेरामा खेलाउने निर्णय गरेको हो ।

छनोटको समूह‘बी’ मा रहेको नेपालले अष्ट्रेलियासँगको अवे खेल अक्टोबर १० मा खेल्नेछ । यस्तै नेपालले अष्ट्रेलियासँग २०२० को मार्च ३१ मा घरेलु मैदानमा ‘होम’ खेल्नेछ ।

अष्ट्रेलियाले नेपालसँगको खेलका लागि अगष्ट १३ बाट टिकट बिक्री सुरु हुने जनाएको छ । नेपाली टोली अहिले छनोटको अभ्यासमा व्यस्त छ । अस्ट्रेलिया नेपालको नयाँ प्रतिद्वन्दी टोली हो ।

अस्ट्रेलियासँगको खेलमा नेपाली टोलीले रक्षात्मक खेल्ने नेपाली टोलीका कप्तान विराज महर्जनले बताएका छन् । उनले अस्ट्रेलियाले विश्वक फुटबल खेलेको भएपनि विश्वकप विजेता टोली नभएकाले हामीले उसलाई बलियो टक्कर दिन सक्ने बताएका छन् ।

नेपालको समूहमा एसियाली पावर हाउस अष्ट्रेलियासँगै जोर्डन, कुवेत र चाईनिज ताइपे रहेका छन् ।