रोचक/विचित्र संसार

महिनावारी हुँदा महिलालाई बिदा !

By खबरहब

September 02, 2019

महिनावारीको समयमा महिलाहरुलाई कार्यालयबाट विदा दिइन्छ भन्दा तपाईंलाई पत्यार नलाग्न सक्छ ।

किनकी हामीकहाँ अहिले सम्म त्यो चलन नै सुरु भएको छैन । बरु छुई प्रथा बार्ने चलन भने अझैपनि विद्यमान छ । तर, युरोपियन देश इटालीमा भने महिनावारी भएको बेला महिलाहरुलाई बिदा दिइन्छ ।

इटाली महिनावारीमा महिलालाई दिने पहिलो युरोपियन मुलुक हो । तर यो नियमको विषयमा इटालीको संसदमा नै विवाद सिर्जना भएको थियो । त्यस देशको नियमअनुसार महिलालाई मासिक ३ दिनको महिनावारीको छुट्टीको माग गरिएको थियो । तर यो प्रस्ताव सुरुमा निकै विवादित बन्यो ।

यसमा लैङ्गिक थिचोमिचोमा पर्दै आएका माहिलाहरुले आफ्नो अधिकारको विषयमा आवाज उठाएका थिए । अन्ततः नियम पारित नै भयो । तर, महिनावारीको समयमा सबै महिलाहरुले भने बिदा पाउँदैनन् । यसका लागि डक्टरले कार्यालय आउननसक्ने किसिमको अवस्थाको प्रमाणपत्र दिएको महिलालाई मात्र महिनावारी बिदा मिल्नेछ । साथै उक्त प्रमाणपत्र वर्षेनी नवीकरण गर्नुपर्ने हुन्छ ।