फाइल तस्वीर

काठमाडौंमा अज्ञात समूहबाट एकजनामाथि खुकुरी प्रहार, घाइतेको अवस्था गम्भीर

By खबरहब

September 02, 2019

काठमाडौं–अज्ञात समूहको खुकुरी प्रहारबाट काठमाडौंमा एक जना गम्भीर घाइते भएका छन् ।

तीन जनाको समूहमा आएका अज्ञात समूहको खुकुरी प्रहारबाट घाइते भएका नागार्जुन नगरपालिका–५ घर भएका २६ वर्षीय आकाश बस्नेतको अवस्था गम्भीर रहेको छ ।

उनको सितापाइलास्थित मनमोहन अस्पताल उपचार भइरहेको छ । महानगरीय प्रहरी बृत्त स्वयम्भूका प्रमुख लाल ध्वज सुवेदीको टोलीले घटनाको विषयमा अनुसन्धान जारी राखेको छ । अज्ञात समूहको खोजी जारी राखिएको छ ।