क्रिकेट

टी–२० बरियतामा नेपाल तल झर्‍यो

By खबरहब

October 02, 2019

काठमाडौं– अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) को टी–२० वरियतामा नेपाल एक स्थान तल झरेको छ । बुधबार सार्वजनिक भएको नयाँ वरियता अनुसार नेपाली क्रिकट टोली १२ औं स्थानमा रहेको छ ।

नेपाली क्रिकेट टोलीले १९४ रेटिङसहित १२ औं स्थानमा ओर्लिएको हो । यसअघि ११ औं स्थानमा रहेको नेपाली टोली एक स्थान तल झरेको हो । तर, अहिले स्कटल्यान्ड ११ औं स्थानमा उक्लिएको छ ।

टी–२० बरियताको शिर्ष स्थानमा पाकिस्तान रहेको छ भने दोस्रो स्थानमा इग्ल्यान्ड तेस्रो स्थानमा दक्षिण अफ्रिका चौथो स्थानमा भारत र पाँचौ स्थानमा अस्ट्रेलिया रहेको छ ।

व्यक्तिगत तर्फ ब्याटिङको बरियतामा नेपाली टोलीका कप्तान पारस खड्का ६६ औं स्थानमा एथावत रहेका छन भने अलराउण्डरमा २७ औं स्थानमा छन् । अलराउण्डरमा सोमपाल कामी ६७ औं स्थानमा छन् ।

बलिङमा बसन्त रेग्मी ७३ औं स्थानमा पुगेका छन् भने सोमपाल कामी ७८ औं स्थानमा पुगेका छन् ।