अटो

पल्सर १८० को नयाँ लूक भयो लिक, यस्ता हुनेछन् विशेषता

By खबरहब

February 03, 2019

बजाज अटो आफ्नो पल्सर रेन्जको मोटरसाइकलमा अघिल्लो वर्षदेखि धेरै अपडेट गरिरहेको छ । कम्पनी पल्सर रेन्जको आफ्ना मोटरसाइकलमा केही कस्मेटिक फिचर्स थप्नका साथै एन्टीलक ब्रेकिङ सिस्टम (एबीएस) फिचर पनि थपिरहेको छ ।

यसका साथै बजाजले पल्सर रेन्जको १८० सीसीको मोटरसाइकलमा पनि व्यापक परिवर्तन गर्न गइरहेको छ । अपडेटसहित आउन लागेको पल्सर १८० मोटरसाइकलको नयाँ लूक लिक भएको छ ।

१८० सीसीको नयाँ पल्सर अघिल्लोभन्दा केही महंगो हुने अनुमान गरिएको छ ।

इन्जन क्षमता पुरानो मोटरसाइकलै भएपनि नयाँको लूक भने २२० सीसीको एफआईजस्तै देखिन्छ ।

इन्जनको कुरा गर्दा बजाजले १८० सीसीको सिङ्गल सिलिन्डर, ओइल कूल्ड, २ भल्भ इन्जिन हुने छ । जो १७ बीएचपीको पावर र १४ एनएमको टर्क जेनेरेट गर्नेछ ।