खेलकुद

नेपाली महिला टोली म्यानमारसँग भिड्दै

By खबरहब

April 03, 2019

काठमाडौं- नेपाली राष्ट्रिय महिला टोलीले आज(बुधबार) ओलम्पिक छनोटको दोस्रो चरणको खेलमा म्यानमारसँग प्रतिस्पर्धा गर्दैछ । म्यानमारको घरेलु मैदानमा नेपाली टोलीले घरेलु टोली म्यानमारसँग जितको अपेक्षासहित खेल्ने बताइएको छ ।

म्यानमारसँग पहिलो चरणमा बराबरी खेलेको नेपालले त्यसपछिका दुई भेटमा नतिजा सुम्पिएको थियो । भारतमा भएको हिरो गोल्डकपमा नेपाली टोलीले म्यानमारसँगका दुवै खेल गुमाएको थियो ।

तर, पनि आजको खेलमा नेपालले कम्तीमा पनि घरेलु टोलीसँग अंक बाड्ने लक्ष्य रहेको प्रशिक्षक हरि खड्काले बताएका छन् ।

यसअघि, ओलम्पिकको पहिलो चरणको खेलमा नेपालले म्यानमारसँग १–१ गोलको बराबरीमा रोकेको थियो ।

नेपालले आफ्नो दोस्रो खेल भारतसँग चैत्र २३ गते खेल्नेछ भने प्रतियोगिताको अन्तिम खेलमा इन्डोनेसियासँग २६ गते खेल्नेछ ।