रोचक/विचित्र संसार

‘फानी’ आँधीले वितण्डा मच्चाइरहेका बेला जन्मेकी ‘फानी’ !

By खबरहब

May 03, 2019

भुवनेश्वर– भारतको पूर्वी तटीय क्षेत्रमा सामुद्रिक आँधी फानीले वितण्डा मच्चाइरहेका बेला जन्मेकी एक शिशुको नाम नै ‘फानी’ राखिएको छ ।

भारत उडिसा राज्यको राजधानी भुवनेश्वरमा रहेको रेलवे अस्पतालमा ३२ वर्षे महिलाले जन्म दिएको शिशुको नाम फानी राखिएको हो ।

शिशुलाई जन्म दिने महिला सोही राज्यस्थित मञ्चेश्वरमा रहेको रेलवे विभागको कोच रिपेयर वर्कशपमा कार्यरत रहेको बताइएको छ ।

उनले रेलवे अस्पतालमा ११ बजेर ३ मिनेटको समयमा बच्चा जन्माएकी हुन् । आमा र शिशु दुबै स्वास्थ अवस्था सामान्य रहेको रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।