अन्य

सलमान खानको फिल्म ‘भारत’ बुधवार नै रिलिज गर्न अदालतको आदेश

By खबरहब

June 03, 2019

काठमाडौं – जिल्ला अदालत काठमाडौंले बलिउड चलचित्र ‘भारत’ लाई बुधवार नै प्रदर्शन गर्न आदेश जारी गरेको छ । चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराईले यसअघि ‘कलंक’लाई शुक्रवारभन्दा अघि रिलिज गर्नमा रोक लगाएका थिए । त्यसपछि बितरकहरुले भारतमा रिलिज भएकै दिन नेपालमा पनि सो फिल्म रिलिज हुनुपर्ने माग राखेका थिए ।

चलचित्र विकास बोर्डमा नेपाली फिल्म निर्माताहरुले शुक्रवारभन्दा अघि हिन्दी फिल्म रिलिज हुँदा नेपाली फिल्म उद्योगले घाटा बेहोर्नुपरेको भन्दै शुक्रवारभन्दा अघि रिलिज नगराउने व्यवस्थाका लागि आग्रह गरेका थिए । लगत्तै विकास बोर्डका अध्यक्षले हिन्दी चलचित्र पनि शुक्रवार नै रिलिज हुनुपर्ने अडान लिएका थिए ।

त्यसपछि वितरकहरुले जिल्ला अदालतमा रिट दायर गरेका थिए । रिटमाथी सुनुवाइ गर्दै जिल्ला अदालतले स्वतन्त्र व्यवसायमाथि हस्तक्षेप नगर्न भन्दै बलिउड फिल्मलाई भारतमा रिलिज भएकै दिन नेपालमा पनि रिलिज (प्रदर्शन) गर्न दिन भनेको हो ।