फाइल तस्वीर

राजनीति

ओली-प्रचण्ड छलफलः ७७ वटै जिल्ला इन्चार्जमा सहमति जुट्यो

By खबरहब

June 03, 2019

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच ७७ जिल्ला इन्चार्जमा सहमति जुटेको छ ।

सोमबार बालुवाटारमा भएको छलफलमा जिल्ला इन्चार्ज र सह इन्चार्ज टुंग्याउने सहमति भएको हो । मंगलबार बस्ने सचिवालय बैठकले यो विषयलाई अनुमोदन गर्ने जनाइएको छ भने अन्य शीर्ष नेताको कार्यविभाजन बारे पनि छलफल हुनेछ ।

सचिवालय बैठकमा माधव नेपालको सहमति लिएर मात्र यो विषय टुंग्याउने तयारी गरिएको छ । ओली र प्रचण्डसँगको छलफलमा पूर्वएमालेबाट महासचिव विष्णु पौडेल र पूर्वमाओवादीबाट गृहमन्त्रीसमेत रहेका नेता रामबहादुर थापा बादल सहभागी थिए ।