क्रिकेट

नेपालले चीनलाई १० विकेटले हरायो

By खबरहब

July 03, 2019

काठमाडौं- मलेसियामा जारी एसीसी यु–१९ इस्टर्न रिजन क्रिकेटमा नेपालले प्रभावशाली सुरुवात गरेको छ । समुह चरणको पहिलो खेलमा नेपालले चीनलाई १० विकेटले हराएको छ ।

५४ रनको सामान्य लक्ष्य नेपालले मात्र ५ ओभरमा पुरा गर्‍यो। पवन सरार्फको विस्फोटक ब्याटिङमा नेपालले प्रभावशाली जित दर्ता गरेको हो । सरार्फले २१ ब्लमा ६ चौका र ३ छक्काको मद्दतले ४६ रन बनाए । अर्का ओपनर रित गौतम १० रनमा अविजित रहे ।

क्वालालम्पुरस्थित किनरारा ओभलमा टस जितेर पहिला फिल्डिङ रोजेको नेपाल सामु चीनले ५४ रनको लक्ष्य प्रस्तुत गरेको छ । ओपनरद्वय खेलाडीले समान १३/१३ रन बनाउनु बाहेक अन्यले दोहोरो अंकको स्कोर छुन सकेनन् ।

नेपालका सागर ढकाल एक्लैले ६ विकेट लिए । तिलक भण्डारीको नाममा ३ विकेट रह्यो । कमल सिंह ऐरीले एक विकेट झारे ।