अपराध

८ लाख अवैध भारुसहति २ जना पक्राउ

By खबरहब

September 03, 2019

वीरगञ्ज– प्रहरीले ८ लाख भन्दा बढी अवैध भारतीय रुपैयाँहित २ जनालाई पक्राउ गरेको छ ।

वीरगञ्ज महानगरपालिका वडा नम्बर–६ महाविरस्थान बस्ने ३९ वर्षीय अभिषेक सर्राफ र वीरगञ्ज–१० आदर्शनगर बस्ने ३३ वर्षीय बिष्णु श्रेष्ठलाई सशस्त्र प्रहरीको टोलीले पक्राउ गरेको हो ।

सशस्त्रको राजश्व तथा भन्सार सुरक्षा गस्ती टोलीले उनीहरुको साथबाट ८ लाख ८ हजार २ सय ७२ अवैध भारतीय रुपैयाँ बरामद गरेको हो ।

ना ९ प १४८ नम्बरको मोटरसाईकलमा भारतबाट नेपाल आउँदै गरेका उनीहरुले हेलमेट र शरीरमा उक्त रुपैयाँ लुकाएर ल्याउँदै गरेको अवस्थामा नियन्त्रणमा लिइएको सशस्त्र प्रहरी निरीक्षक उमेश कुमार कार्कीले बताए ।

पक्राउ परेका दुबैजनालाई आवश्यक कारबाहीका लागि राजश्व अनुसन्धान कार्यालय पथलैया बुझाइएको छ ।