समाचार

मन्त्रिपरिषद्को आकस्मिक बैठक

By खबरहब

March 03, 2019

काठमाडौं– मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाइएको छ ।

पूर्व उपप्रधानमन्त्रीसमेत रहेका नेकपा नेता भरतमोहन अधिकारीको शनिवार राति निधनभएपछि मन्त्रिपरिषद्को बैठक बोलाइएको हो ।

बालुवाटारमा बस्ने बैठकले पूर्वमन्त्रि अधिकारीको अन्त्यष्टि र उनलाई दिने सम्मानका विषयमा निर्णय लिनेछ । त्यसअघि अहिले नेकपाको सचिवालय बैठक बसिरहेको छ ।

अधिकारीको शव नेकपा पार्टी कार्यालय धुम्बराहीमा श्रद्धाञ्जलीका लागि राखिएको छ ।