अधिकारीको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिने

By खबरहब

March 03, 2019

 

काठमाडौं– दिवंगत नेता भरतमोहन अधिकारीको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिने भएको छ ।

शनिवार राति निधन भएका नेताको आइतवार राजकीय सम्मानका साथ अन्त्येष्टि गर्न लागिएको हो ।

आइतवार विहान बसेको मन्त्रिपरिषद वैठकले पूर्व उप्रप्रधानमन्त्री तथा अर्थमन्त्री अधिकारीको राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने निर्णय गरेको हो ।