मनोरञ्जन

मिर्गौला पीडितलाई ‘मुन्द्रे’ ले गरे २५ हजार सहयोग

By खबरहब

March 03, 2019

काठमाडौं – हास्यकलाकार जितु नेपाल ‘मुन्द्रे’ ले मिर्गौलापीडित आशिष धमलालाई आर्थिक सहयोग गरेका छन् । उनले सिन्धुपाल्चोकका २२ वर्षीय आशिष धमलालाई २५ हजार रुपैयाँ सहयोग गरेका हुन् ।

नेपालमा घरजग्गा केही नभएका धमलालाई कलाकार तथा निर्देशक दीपाश्री निरौलाले नगद रुपैयाँ १० हजार र गायक ताराप्रकाश लिम्बुले ५ हजार रुपैयाँ सहयोग गरेका छन् । युवा अवस्थामा नै मिर्गौला फेल भएर उपचार गराइरहेका धमलाको आर्थिक अवस्था बलियो छैन ।

उनको अवस्था देखेर आफूहरु सहयोगमा जुटेको कलाकार जितु नेपालले बताए । मिर्गौलापीडित आशिषका बुबाले दुबईमा सेक्युरिटी गार्डमा काम गर्दै आएका छन् ।

यसअघि पनि ‘छक्का पञ्जा’ टिमले मिर्गौलापीडित जय बहादुरलाई ७५ हजार सहयोग प्रदान गरेको थियो ।