समाचार

पशुपतिमा बाबाहरू: गाँजा तान्नेदेखि धुनी जगाउनेसम्म (फोटो फिचर)

By खबरहब

March 03, 2019

काठमाडौं – शिवरात्रीको अवसरमा काठमाडौंको पाशुपत क्षेत्रमा नेपाल तथा भारतका विभिन्न स्थानबाट आएका बाबाजीहरुको चर्तिकला शुरु भइसकेको छ । कतिपय बाबाहरु गाँजाको नशामा लट्ठिएका छन् त कोही आगोकाे धुनीमा मन्त्रमुग्ध देखिन्छन् ।

कोही निर्वस्त्र, खरानी धसेका र बहुरुपी बाबाहरुको विचित्र रुपले पशुपति क्षेत्रको माहोल तताएको छ ।

यसपटक सरकारले बाबाहरुलाई समेत गाँजा सेवनमा रोक लगाए पनि लुकीछिपी गाँजा तान्नेहरुको कमी देखिदैन । तर, तुलनात्मक रुपमा यसवर्ष  बाबाहरुको  सङ्ख्यामा भने केही कमी आएको बताइन्छ । शिवरात्रीको मौका पारेर पशुपति क्षेत्रमा जोगीबाहेक युवा जमातको पनि  उत्तिकै  भीड हुने गर्छ।