प्रहरी

चोरी भएको मोटरसाइकल ट्राफिक चेकिङमा पर्दा…

By खबरहब

March 03, 2019

ललितपुर– ललितपुर प्रहरीले चोरीको मोटरसाइकलसहित २ जनालाई पक्राउ गरेको छ ।

ललितपुर महानगरपालिका–१० कुपण्डोल–युएन पार्क सडक बाटोमा चेकजाँचको क्रममा प्रहरीले चोरीको मोटरसाइकलसहित दुईजनालाई पक्राउ गरेको हो ।

बा९४प ९३०८ नम्बरको बजाज पल्सर (एनएस–२००) सहित प्रहरीले २ जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा काभ्रेको रोशी गाउँपालिका–१ घर भइ काठमाडौंको नरेफाँट बस्ने २७ वर्षीय श्रवण कुमार तामाङ्ग र सोही ठाउँ घर भइ ललितपुरको कुपण्डोल बस्ने ३१ वर्षीय धर्मलाल बाइबा छन् ।

श्रवणले चलाएको मोटरसाइकलमा धर्मलाल पछाडि बसेका थिए । प्रहरीले ट्राफिक चेकजाँचका क्रममा मोटरसाइकलको कागजात मागेको थियो । चालक श्रवणले कागजात देखाउन नसकेपछि प्रहरीले मोटरसाइकलसहित दुवैजनालाई नियन्त्रणमा लिएको थियो ।

अनुसन्धानबाट उक्त मोटरसाइकल चोरी भएको फेला परेको ललितपुर प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनीहरुले उक्त मोटरसाइकल फागुन ५ गते काठमाडौंको ठमेलबाट चोरी गरी प्रयोग गर्दै आएका थिए ।