अन्तर्राष्ट्रिय

म नोबेल शान्ति पुरस्कारको हकदार होइन: इमरान खान

By खबरहब

March 04, 2019

एजेन्सी– पाकिस्तानी प्रधानमन्त्री इमरान खानले आफू नोबेल शान्ति पुरस्कारको हकदार नभएको जनाएका छन् । प्रधानमन्त्री खानले ट्विट गर्दै आफू नोबेल शान्ति पुरस्कारको हकदार नभएको जनाएका हुन् । ट्विटमा उनले जसले कश्मीरी जनताको इच्छाअनुसार कश्मीर समस्याको समाधान गरी भारतीय उपमहाद्विपमा शान्ति तथा मानव विकासका लागि मार्ग प्रशस्त गर्छ उही नोबेल पुरस्कारको हकदार हुने जनाएका हुन् ।

I am not worthy of the Nobel Peace prize. The person worthy of this would be the one who solves the Kashmir dispute according to the wishes of the Kashmiri people and paves the way for peace & human development in the subcontinent.

— Imran Khan (@ImranKhanPTI) March 4, 2019

केही दिनअघि आफ्नो नियन्त्रणमा रहेका भारतीय वायुसेनाका विङ्ग कमाण्डर अभिनन्दन वर्तमानलाई रिहा गर्ने घोषणा गरेसँगै सामाजिक सञ्जालमा प्रधानमन्त्री खानलाई नोबेल शान्ति पुरस्कार दिइनुपर्ने आवाज उठेको थियो । त्यसैलाई सम्बोधन गर्दै उनले आफू नोबेल शान्ति पुरस्कारको हकदार नभएको जनाएका हुन् ।