खेलकुद

श्रीलंका विरुद्ध नेपालको पहिलो गोल

By खबरहब

December 04, 2019

काठमाडौं– नेपालले श्रीलंका माथि एक गोल प्रहार गरेको छ ।

१३ औं दक्षिण एसियाली खेलकुद साग अन्तर्गत पुरुष फुटबलमा बुधवार नेपालले श्रीलंका माथि ३५ मिनेटमा अग्रता बनाएको हो ।

नेपाली खेलाडीमाथि श्रीलंकाका खेलाडीले फाउल गरेपछि पाएको पेनाल्टीलाई सुजलले जाली चुमाएका थिए । यसअघि हिजो भुटानमाथि नेपालले ४ –० को शानदार जीत निकालेको थियो ।