उपराष्ट्रपतिद्वारा खबरहबडट्कमको उद्घाटन

By खबरहब

February 04, 2019

काठमाडौं– उपराष्ट्रपति नन्दबहादुर पुनले खबरहबडट्कमको औपचारिक रुपमा उद्घाटन गरेका छन् । काठमाडौंको दरबारमार्गस्थित खबरहबको केन्द्रीय कार्यालयमा आयोजित विशेष समारोहमा उपराष्ट्रपति पुनले खबरहबको औपचारिक उद्घाटन गरेका हुन् ।

खबरहबको वेब लिंक www.khabarhub.com खोलेर पुनले खबरहबको औपचारिक उद्घाटन गरेका हुन् । उद्घाटन समारोहमा नेपालस्थित कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधि र विशिष्ट अधिकारीको उपस्थिति थियो ।

खबरहवले समाचार, विचार, सूचना, मनोरञ्जन, खेलकुद लगायत सबै विषयसँग सम्बन्धित समग्री पाठकमाझ प्रस्तुत गर्नेछ ।