स्टोरी

खबरहबको समाचार कक्षमा उपराष्ट्रपति (फोटोफिचर)

By खबरहब

February 04, 2019

काठमाडौं– सोमवारदेखि औपचारिक रुपमा शुरु भएको खबरहबडट्कमको उपराष्ट्रपति नन्दबहादुर पुनले उद्घाटन गरे ।

खबरहबकाे उद्घाटन कार्यक्रममा नेपालस्थित विभिन्न कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधि सहभागी थिए ।

उपराष्ट्रपति पुनले खबरहबको समाचार कक्ष अवलोकन गर्दै प्रविधिको प्रयोगले पत्रकारितामा नयाँ आयाम ल्याउने विश्वास व्यक्त गरे ।

उपराष्ट्रपति पुनलाई खबरहब प्रकाशक संस्था पेभेलियन मिडिया ग्रुपका अध्यक्ष नरेश श्रेष्ठ, प्रधानसम्पादक जीवराम भण्डारी, समाचार संयाेजक गजेन्द्र बस्नेतलगायत डेस्क र रिपोर्टिङ शाखाका पत्रकार/कर्मचारीले स्वागत गरेका थिए ।