खेलकुद

भलिबल संघले २२ बुँदे क्यालेन्डर सार्वजनिक गर्‍यो

By खबरहब

May 04, 2019

काठमाडौं -नेपाल भलिबल संघ (एनभिए) ले २०७६ सालका लागि आफ्नो वार्षिक क्यालेन्डर सार्वजनिक गरेको छ । संघले २२ बुँदे कार्ययोजना सार्वजनिक गरेको हो ।

एनभिएले यो वर्ष नेपालमा हुने राष्ट्रय प्रतियोगितादेखि अन्तराष्ट्रिय सहभागीतालाई आफ्नो कार्यक्रम योजनामा सामेल गरेको छ । २२ बुँदे क्यालेन्डर पुरा गर्न संघले ७ करोड ५० लाख बराबरको बजेट आवश्यक रहेको समेत जनाएको छ ।

तर, अहिलेकै अवस्थामा कार्यक्रम आयोजनाका लागि भने बजेट अभाव हुने संघले बताएको छ ।

संघले ७ करोडको रुपैयाँका महत्वकाक्षी कार्यक्रम घोषणा गरिरहँदा भने कतिपयले पुरा हुनेमा आशंका गरेका छन् । तर, पनि संघका महासचिव जितेन्द्रबहादुर चन्दले संघको क्यालेन्डरसहित अन्य कनर्यक्रम गर्न सरकारसँग ११ करोडको बजेट माग गरेको बताएका छन् । तर, उक्त बजेट सरकारले दिएपनि नदिए पनि क्यालेन्डर प्रायोजक खोजेर भएपनि कार्यन्वयन गर्ने दावी गरेका छन् ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले भने भलिबललाई वार्षिक १३ लाख भन्दा धेरै दिन सकेको छैन् । तर, यो वर्ष सरकारी निकाय कार्यक्रम प्रति सकारात्मक रहेकाले यो वर्ष बजेट बढ्नेमा संघ विश्वस्त देखिन्छ ।

संघको बार्षिक कार्यक्रम यस्ता छन् : १. FIBV लेभल कोच कोर्स २. राष्ट्रिय टिम प्रशिक्षण ( पुरुष) ३. भलिबल डे ४. छैटौं महिला र साथौँ पुरुष राष्ट्रिय बिच भालिबह प्रतियोगिता ५. ओलम्पिक डे भलिबल ६. राष्ट्रिय बिच भलिबल रेफ्री कोर्स ७. राष्ट्रिय रेफ्री / क्षेत्रिय रेफ़्रिङ कोर्स ८. एभीसी एसिएन सिनिएर सेन्ट्रल जोन पुरुष भलिबल ९. राष्ट्रिय टिम प्रशिक्षण ( महिला ) १०. पाँचौ एन भी ए / एन एस टी महिला राष्ट्रिय क्लब च्याम्पियनसिप ११. यु १७ राष्ट्रिय महिला / पुरुष भलिबल प्रतियोगिता १२. एसियन सेन्ट्रल जोन महिला /पुरुष बिच भलिबल १३. १३ औं राष्ट्रिय महिला एशियाली महिला / पुरुष भलिबल १४. २४ औं राष्ट्रिय महिला भलिबल १५. तेश्रो एन भी ए अवार्ड सेरेमोनी १६. ३३ औं राष्ट्रिय पुरुष भलिबल १७. अन्तराष्ट्रिय मैत्रीपूर्ण खेल पुरुष / महिला १८. पाँचौं RBB – NVA राष्ट्रिय पुरुष क्लब लिग १९. पाँचौं RBB – NVA राष्ट्रिय महिला क्लब लिग २०. प्रथम एशियन सेन्ट्रल जोन सिनियर महिला भलिबल २१. पाँचौं एनभीए एनएसटी पुरुष राष्ट्रिय क्लब च्याम्पियनसिप २२. एसियन रेफ्री क्यान्डिडेट कार्ष