समाचार

धरानमा ७५ जनामा डेंगु भेटियो

By खबरहब

June 04, 2019

धरान- धरानमा ७५ जनामा डेंगु भेटिएको छ । बैशाख ३० गते विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा पहिलो डेंगु निदान भएको ३ साता नपुग्दै डेंगु देखिएको हो । जेठ १९ गते प्रतिष्ठानमा मात्रै १ सय १३ जनामा डेंगु परिक्षण गरिएकोमा ६२ जनामा डेंगु भेटिएको हो ।

लामखुट्टेको टोकाइबाट सर्ने रोग डेंगुबाट धरान उपमहानगर पालिकाका १५ र ८ वडाका स्थानीय प्रभावित भएको इपिडिमियोलोजि तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।

उक्त क्षेत्रमा ९ हजार ७ सय १३ जना स्थानीय डेंगुको जोखिममा रहेको महाशाखाले जनाएको छ । यस्तो धरान उपमहानगरपालिकाका ७, ९ र १३ वडामा पनि डेंगु रोग देखिन थालेको महाशाखाका निर्देशक डाक्टर विवेक कुमार लालले जानकारी दिए ।

महाशाखाले प्रभावित क्षेत्रमा रोग नियन्त्रणका लागि डेंगु नियन्त्रण किट धरान पठाएको लालले बताए ।