प्रहरी

४ किलो चाँदीका गहनासहित १ जना पक्राउ

By खबरहब

June 04, 2019

वीरगन्ज– पर्सा प्रहरीले करिब ४ किलो बराबरको चाँदीका गहनासहित १ जनालाई पक्राउ गरेको छ ।

वीरगन्जस्थित सन्ध्या डिलक्स बसको काउन्टर अगाडि प्रहरीले ३ किलो ८ सय ग्राम चाँदीका गहनासहित १ जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा पर्साको बहकादुरमाई नगरपालिका–१ बस्ने रामानन्द यादवका ३२ वर्षीय छोरा मनोज यादव छन् ।

प्रहरीले बरामद चाँदीका गहनाको बजार मूल्य १ लाख ५४ हजार ६ सय २२ रुपैयाँ रहेको जनाएको छ ।

पक्राउ पर्ेका यादवमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।