फोटो फिचर

‘कोही भन्छन् रसिली छु रे’ भन्दै नाचिन् नीता (पाँच तस्वीर)

By खबरहब

November 04, 2019

काठमाडौं- द्वन्द निर्देशक अष्ट महर्जनको डेब्यु निर्देशन रहेको फिल्म ‘गुञ्जन’मा नायिका नीता ढुंगाना बोल्ड अवतारमा प्रस्तुत भएकी छिन् ।

चलचित्रको एउटा आइटम गीतमा उनको बोल्ड अवतार प्रस्तुत भएको हो । ‘कोही भन्छन् रसिली छु रे’ बोलको आइटम गीतमा निताले आइटम डान्स गरेकी छिन् ।

गीतमा नायिका नीता ढुंगानासहित फिल्मका मुख्य कलाकार सरोज खनाल, प्रितम राज सेञ्चुरी र कविर खड्काले अभिनय गरेका छन् ।

फिल्मलाई फागुनको पहिलो हप्ता प्रदर्शनमा ल्याउने तयारी रहेको निर्देशक महर्जनले बताए । महेश दवाडीको कथा रहेको फिल्ममा कल्याण सिंह संगै अर्जुन पोखरेलको संगीत, राजेश श्रेष्ठको छायांकन र कविराज गहतराजको कोरियोग्राफी रहेको छ ।