रोचक/विचित्र संसार

महिला यात्रुले विमान उडाए पछि मच्चियो हंगामा !

By खबरहब

November 04, 2019

एजेन्सी- रुसमा एक महिला यात्रुले विमान चलाएको फूटेज सार्वजनिक भएपछि हंगामा मच्चिएको छ । घटनालाई रुसी अभियोजनकर्ताहरूले अनुसन्धान गरिरहेका छन् ।

भिडियोमा आन्ना नामक महिला कोपाइलटको सीटमा बसेको देखिन्छ । विमान साइबेरियामाथि उडिरहेको थियो । पाइलटले ती महिलालाई निर्देशन दिइरहेको आवाज सुनिन्छ । ती महिलासँग विमान उडाउने योग्यता नभएको बताइएको छ।

उक्त विमान रुसी एयरलाइन इनएयरो भएको र याकुत्स्कबाट बातागाइ गइरहेको बताइएको छ । इन यरोका एक प्रवक्ताले भने, ‘यो हाम्रो विमानभित्र खिचिएको भिडियो भन्ने कुरामा शंका छ ।’

ती महिलाले नक्कली उडान अनुभव लिएको पनि बताइएको छ । उडान त अगस्ट ३१ मा भएको हो तर भिडियो चाहिँ अहिले मात्र आएको हो ।

रुसी टीभी च्यानल ५–टीभीले पाइलटको नाम किरिल एस भएको र ती महिला उनकी प्रेमिका भएको रिपोर्ट दिएको छ ।