तस्वीर – इन्डिया टुडे आर्काइभ

बलिउड/हलिउड

२० वर्षपछि दोहोरिएला सलमान र ऐश्वर्याको जोडी ?

By खबरहब

March 04, 2019

मुम्बई – २० वर्षपछि सलमान खान र सञ्जय लीला भन्साली एक रोमान्टिक फिल्ममा काम गर्दैछन् । यो फिल्मको नाम अहिलेलाई ‘हम दिल दे चुके सनम २’ बताइएको छ । तर, फिल्मको औपचारिक घोषणा भने गरिएको छैन ।

उक्त रोमान्टिक फिल्ममा सलमान खान त फाइनल भइसकेका छन् तर नायिका कसलाई लिने भन्ने कुरालाई सस्पेन्स राखिएको छ ।

खबरका अनुसार सलमान खान आफ्नो अपोजिटमा कटरिना कैफलाई चाहन्छन् । तर, भन्साली भने क्याटरिनालाई लिन त्यति चाहिरहेका छैनन् ।

भारतीय मिडियाका अनुसार सलमानले फिल्ममा क्याटरिनालाई लिन चाहेका छन् तर भन्साली भने बरु दीपिका पादुकोणलाई लिन चाहन्छन् । जबकि, भन्सालीले दीपिकालाई लिएर फिल्म निर्देशन गरिसकेका छन् ।

चर्चा त यो पनि छ कि, भन्सालीले यो फिल्मका लागि ऐश्वर्या राय बच्चनलाई पनि मनाउने कोशिश गरिरहेका छन् । त्यसो त फिल्मका लागि आलिया भट्ट र जाह्नवी कपूरलाई लिने कि भन्नेमा पनि छलफल भएको बताइन्छ ।

तर, जोडी नमिल्ने देखेर भन्सालीले आँट गरिरहेका छैनन् ।

यही फिल्मका लागि प्रियंका चोपडाको पनि नाम जोडिएको चर्चा छ । तर यो बारेमा आधिकारिक जानकारी भने अझै आएको छैन ।

भन्साली–सलमानको यो प्रोजेक्टको छायांकन सेप्टेम्बरको आसपास शुरु हुनेछ । त्यतिबेलासम्म सलमान खानले ‘दबंग ३’ को शूटिङ पनि सकिसकेका हुनेछन् ।

यो फिल्मलाई सलमान खान र भन्सालीले मिलेर निर्माण गर्नेछन् । फिल्म भने सन् २०२० मा रिलिज हुनेछ ।