फाइल तस्वीर

समाचार

प्याराग्लाइडिङमा अर्को दुर्घटना : रसियन नागरिक डेभिलको मृत्यु

By खबरहब

March 05, 2019

काठमाडौं- प्याराग्लाइडिङकका क्रममा पोखरामा अर्को दुर्घटना भएको छ । पोखरा- १८ सराङकोटमा प्याराग्लाइडिङ दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

दुर्घटनामा परी ज्यान गुमाउनेमा रसियन नागरिक डिएमआई डेभिल रहेका छन् ।

यसअघि आइतबार सारङकोटबाट उडेको प्याराग्लाइड फेवा तालमा खसेको थियो । उक्त दुर्घटनामा एक जना रोमानियाका नागरिक इडे-सिस जेडीआर को निधन भएको थियो । उनको मेट्रो सिटी अस्पतालमा उपचारका क्रममा निधन भएको थियो ।

प्याराग्लाइडिङ फेवातालमा खसेपछि उद्धारका लागि पुगेको प्रहरीले उनलाई उद्धार गरेर अस्पताल पुर्‍याएको थियो । उनको उपचारको क्रममा निधन भएको थियो ।